काम गर्न नसके पदमा बस्नुहुँदैन, अर्को उथुलपुथल गर्न बेर लाग्दैन : प्रधानमन्त्री (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले काम गर्न नसके पदमा बस्नुहुँदैन भन्ने मान्यतामा आफू दृढ रहेको बताएका छन् ।

बिहीवार राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औं बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री दाहालले विकास निर्माणको कामलाई गतिदिने, सुशासन कायम गर्नेलगायतका कामहरु गर्ने भनेर आफूले नयाँ सत्ता समिकरण बनाएको उल्लेख गर्दै ती काम पनि हुन नसके फेरि पनि उथलपुथल गर्न बेर नलाग्ने बताए ।

‘उथलपुथल त पहिल्यै भनेको थिएँ । म के भन्छु भने साँच्चै यी कुनैपनि काम अघि बढन सकेन भने मैले अर्को उथलपुथल गर्न बेर लाग्दैन उनले भने ‘त्यो मैले अरुलाई भनेको होइन है । त्यो मेरै लागि भनेको हो ।’

कामै गर्न नसकिने स्थिति भयो भने पद ओगटेर बसिराख्न जरुरी हुँदैन भनेर आफूले यस अघि पनि सार्वजनिक रुपमै भनेको उल्लेख गर्दै उहाँले त्यस अवस्था कायमै रहे पद ओगटीराख्नुको औचित्य पुष्टि नहुने स्पष्ट पारे ।

‘मैले भन्ने गरेको छु–कामै गर्न नसकिने भयो भने, नसकिने स्थिति भयो भने पद ओगटेर बसिराख्न जरुरी हुँदैन भनेर मैले जनतालाई पनि भनेको छु उनले थपे ‘मैले अहिले पनि पदको सुरक्षाका लागि समिकरण अर्को बनाएको पनि होइन । पद त मेरो सुरक्षित नै थियो ।’

प्रधानमन्त्री दाहालले अझै पनि काम गर्न सकिने सम्भावना देखेरनै आफू पदमा बसिरहेको स्पष्टिकरण पनि दिए ।

उनले भने–‘काम अझ तिब्र गतिमा गर्न सकियोस्, सुशासन अझ तिब्र गतिमा कायम गर्न सकियोस् । विकास, निर्माणलाई अझ तिब्र गतिमा अघि बढाउन सकियोस भन्ने मान्यताले मात्रै समिकरण बदलेको हो । अव त्यो पनि हुन नसक्ने भयो भने त पद ओगटीकरणको औचित्य पनि त पुष्टि हुँदैन । त्यस कुरामा म सचेत छु । काम गर्न नसकिने भयो भने पदमा बस्न हुँदैन भन्ने मान्यतामा म दृढ छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *