लक्ष्मी गुरुङलाई इलामबाट उम्मेदवार बनाउने राप्रपाको निर्णय

काठमाडौं । राप्रपाले इलाम–२ मा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने भएको छ ।

पार्टीको संसदीय बोर्ड बैठकले गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

राप्रपा युवा नेता गुरूङ पार्टीको शिक्षा विभागमा रहेर काम गर्दै आएका थिए । उनी राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनका पूर्व उपाध्यक्ष हुन् ।

इलाम २ मा वैशाख १५ गते उपनिर्वाचन हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *