रविलक्षित गगनको टिप्पणी– भगवानले ठगे पनि हुने, लुटे पनि हुने !

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रास्वपाका सभापति तथा गृहमन्त्री रवि लामिछानेले आफूलाई प्रश्नभन्दा माथि राखेको बताएका छन् ।

बिहीबार पश्चिम नवलपरासी पुगेर उनले लामिछानेले प्रश्नभन्दा माथि रहेको सभापतिले ठगे पनि छुट पाइरहेको टिप्पणी गरेका हुन् ।

‘अहिले आएको नयाँ पार्टीमा पनि त्यस्तो छ । अध्यक्ष भनेको भगवान्, भगवानलाई प्रश्न गर्न नपाइने’उनले भने ‘भगवानले ठगे पनि हुने, लुटे पनि हुने ।’

उनले रास्वपा र एमाले भन्दा धेरै काँग्रेसमा नेतृत्वमाथि प्रश्न गर्न पाइने अवस्था रहेको सुनाए ।

‘एमाले कस्तो पार्टी बन्यो भने अध्यक्षलाई कसैले प्रश्न गर्न नपाउने, पार्टीको नेता आलोचनाभन्दा माथि । यसरी पनि पार्टी चलिरहेका छन्,’ थापाले भने, बरु काँग्रेसमा नेतृत्वमाथि प्रश्न गर्न पाइन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *