बालुवाटारमा प्रचण्ड-देउवा ‘वान टू वान’ भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । दुई शीर्ष नेताबीच बिहीबार बिहान बालुवाटारमा भेटवार्ता भएको हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाबीच करिब १ घण्टा कुराकानी भएको थियो । संसद्लाई नियमित चलाउने र विचाराधीन कानुनहरू पारित गर्ने विषयमा दुई नेताबीच छलफल भएको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । कांग्रेसले गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी गरेको आरोप लगाएर संसदीय छानबिन समिति गठनको माग गर्दै प्रतिनिधि सभामा अवरोध गर्दै आएको छ ।

गत फागुन २१ गते कांग्रेस र माओवादी केन्द्रको गठबन्धन टुटेपछि प्रचण्ड र देउवाबीच एक्लाएक्लै भएको यो पहिलो भेट हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *