चैत १५ गते बिहीबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग
वि.सं. चैत १५, २०८० ई.सं. 28 Mar, 2024 शक संवत् १९४५ नेपाल संवत् ११४४ चिल्लागा पिङ्गल उत्तरायण वसन्त बिहीबार चैत्र कृष्णपक्ष तिथि तृतीया १६:५१ बजेसम्म, त्यसपछी चतुर्थी नक्षत्र स्वाती १६:५३ बजेसम्म, त्यसपछी विशाखा योग हर्षण २१:४० बजेसम्म, त्यसपछी वज्र करण भद्रा १६:५१ बजेसम्म, त्यसपछी वव ०५:१७ बजेसम्म, त्यसपछी वालव चन्द्रराशि तुला आनन्दादि योग स्थिर दिनमान १२:१८ सूर्योदय ६:०१ सूर्यास्त १८:१९ भद्र्रा ४:१७ देखि नालामत्स्येन्द्रनाथरथयात्रा (नालायाः) सूर्योदय कालिन ग्रहस्पष्ट तालिका राशि, अंशा, कला र विकलामा 

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज जे काम गर्नुहुन्छ होसियारी पूर्वक गर्नुहोला । अनावश्यक काममा धन लगानी गर्नु पर्नेछ, सकेसम्म जोगिनु नै उचित हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) रोकिएका काम पुनः सुरु हुन सक्छन् । जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफूलाई कमजोर भएको अनुभूति हुनेछ । रिस, आवेग र क्रोधलाई नियन्त्रणमा राखी काम गर्दा राम्रो प्रतिफल पाइने समय छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । नयाँ कार्यको योजना बन्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । मानसम्मान पनि पाइन सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । पारिवारिक साथ, सुख मिल्नुका साथै खुसीको खबर सुन्न पनि पाउनु हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) विचार पुर्याएर निर्णय लिनु राम्रो होला । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । दाम्पत्य जीवनमा एक किसिमको निरासता आउन सक्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । स्वादिष्ट भोजन पाइनेछ । शुभकार्यको चर्चा चल्नेछ । परिवारमा सुख सन्तोष पनि छाउनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । कुनै न कुनै कुराले मनमा शान्ति र प्रसन्नता छाउनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । –हाम्रो/नेपाली पात्रोबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *