चलाउनेलाई आक्रमण गर्ने लामा कारागार चलान
मकालु खबर
२०८० चैत १४ गते
त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने युवकलाई कारागार चलान गरिएको छ । मंगलबार पक्राउ परेका रविन लामालाई केन्द्रीय कारागार चलान गरिएको छ।
सिराहाको गोलबजार नगरपालिका–६ घर भएका २४ वर्षीय लामालाई प्रहरीले बुधवार काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएको थियो । अदालतको आदेश अनुसार उनलाई केन्द्रीय कारागारमा थुनामा पठाइएको हो ।
ज्यान मार्ने उद्योग मुद्दामा उनलाई काठमाडौँ जिल्ला अदालतले २ वर्ष कैद र २० हजार जरिवाना हुने फैसला गरेको थियो । फैसलापछि उनी फरार थिए ।
मकालु खबर
२०८० चैत १४ गते
प्रतिक्रिया
सम्बन्धित