रविलाई सांसद श्रेष्ठको प्रश्न- ‘दुर्गा प्रसाईंको जस्तो हतियारसहित हिँड्नुहुन्छ कि हुन्न ?’

काठमाडौँ । नेकपा (एमाले) का सांसद कृष्णगोपाल श्रेष्ठले गृहमन्त्री रवि लामिछानेको सुरक्षाको लागि दुर्गा प्रसाईंको जस्तो हतियार छ कि छैन ? भनेर प्रश्न गरो छन् ।

बुधवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद श्रेष्ठले राज्यका उच्च पदस्थ व्यक्तिहरूको सुरक्षाको सम्बन्धमा प्रश्न गरेका हुन् । उनले दुर्गा प्रसाईँजस्तो नागरिकले उच्च तहको हतियार बोकेर हिँड्ने गरेको भन्दै उनलाई त्यो तहको सुरक्षा आवश्यक थियो कि थिएन भनेर प्रश्न गरे । उनले राष्ट्रपति, प्रधानमन्त्री र गृहमन्त्री त्यो तहको हतियार बोकेर हिँड्छन् हिँड्दैन भनेर प्रश्न गरे । उनले हतियार बोक्न अनुमति दिने अधिकारीको सम्बन्धमा पनि प्रश्न उठाएका छन् ।

उनले भने ‘एउटा नागरिकको सुरक्षाको लागि त्यो तहको हतियार बोक्नुपर्थ्यो कि पर्दैनथ्यो ? त्यति संख्याको गोलिगट्ठा बोक्नुपर्थ्यो कि पर्दैनथ्यो ? यो मुलुकको राष्ट्रपतिको सुरक्षामा हिँड्ने सुरक्षाका अगुवा र पछुवाले कुन तहको हतियार बोक्छन् ? प्रधानमन्त्री, गृहमन्त्री हिड्दाखेरी अगाडी, पछाडि त्यो तहको हातहतियार र गोलिगट्ठासहित हिँड्ने गर्नुभएको छ कि छैन ? जवाफ दिनुपर्यो नि । लाइसेन्सप्राप्त हतियार ? लाज पनि छैन । कसले दिएको त्यो लाइसेन्स । त्यस्तो हतियार बोक्ने लाइसेन्स कसले दियो ? लाइसेन्स चेक गर्नुप¥यो । दिने मान्छे को हो ? कहाँबाट दियो ? र त्यही हतियारको लाइसेन्स दिएको हो कि होइन ? यसमा गृहमन्त्रीले गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

उनले व्यवसायी दुर्गा प्रसाईंले जस्तै हतियार बोक्ने अरुपनि भएको हुनसक्ने भन्दै छानबिन गर्न गृहमन्त्रीलाई आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − thirteen =