रमेश खरेलले दिए रास्वपाबाट राजीनामा

काठमाडौं । पूर्वडीआईजी रमेश खरेलले रास्वपाबाट राजीनामा दिएका छन् ।

पार्टी सभापति रवि लामिछानेको विषयमा टिप्पणी गरेको भन्दै पार्टीको अनुशासन आयोगले लिखित जवाफ माग गरेपछि खरेलले पार्टीबाटै राजीनामा दिएका हुन् ।

‘मैले पार्टीमा राजीनामा पत्र पठाएको छु । पार्टीको सिद्धान्त र लक्ष्यसँग पछिल्लो समय असहमती रहँदै आएको थियो’उनले मकालुखबरसंग भने ‘स्पष्टीकरण दिनुभन्दा पार्टी नै छाड्ने निर्णयमा पुगे ।’

एक टेलिभिजन कार्यक्रममा उनले सभापति लामिछानेले स्वार्थ जोडिएको मन्त्रालय लिएको भन्दै आलोचना गरेका थिए । खरेलले लामिछाने गृहमन्त्री बन्दा सहकारी प्रकरणमा उन्मुक्तिको जोखिम रहेको भन्दै कडा टिप्पणी गरेका थिए । त्यसपछि उनलाई पार्टीको अनुशासन आयोगले स्पष्टीकरण सोधेको थियो ।

खरेल रास्वपाको साधारण सदस्य मात्रै थिए । गत वर्षको उप निर्वाचनमा रास्वपाले उनलाई बाराबाट उम्मेदवार उठाएको थियो । यद्यपि उनी पराजित भए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *