सिटिजन लाइफद्वारा श्री गार्गी कन्या गुरुकुललाई ३ लाख सहयोग

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सले श्री गार्गी कन्या गुरुकुललाई ३ लाख सहयोग गरेको छ ।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा इन्स्योरेन्सका प्रमुख बजार व्यवस्थापन अधिकृत भूषण रिमाल र कर्पोरेट सेल्स हेड रिता पाठकले गुरुकुलका उपाध्यक्ष डा। मन काफ्ले र सल्लाहकार भागवती कुमार काफ्लेलाई ३ लाखको चेक हस्तान्तरण गरेका हुन् ।

उचित शिक्षा एवं रहन सहनको वातावरण बनाइ विदुषी नारी तयार गरी आत्मनिर्भर एवं स्वावलम्बी बनाउने उद्देश्यले श्री गार्गी कन्या गुरुकुल प्रतिष्ठानद्वारा विगत २०६८ साल देखी स्थापना भई चितवन जिल्लाको देवघाटमा गार्गी कन्या गुरुकुल सञ्चालन हुँदै आएको छ ।

यो गुरुकुल नेपालकै पहिलो समावेशी गुरुकुल हो जहाँ नेपालको विभिन्न ठाउँ देखी हरेक समूहका महिला छात्राहरूलाई बिना कुनै भेदभाव कक्षा ६ देखी १२ सम्म नेपाल सरकारको सरकारी पाठ्यक्रम अनुसार अध्यापन गराइन्छ । साथै संस्कृत विषयको पनि अध्यापन गराइन्छ र निःशुल्क भोजन, आवासको पनि व्यवस्था रहेको छ ।

गरिबी, जातीय विभेद जस्ता विभिन्न कारणले समाजबाट उत्पीडन खेप्नु परेका सोही बालिकाहरूलाई समाजमा शिक्षित एवं सम्मान रुपमा स्थापित गराउने श्री गार्गी कन्या गुरुकुल प्रतिष्ठानको पवित्र उद्देश्यमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी पनि सँगसँगै उभिएको छ ।

सिटिजन लाइफको यस सहयोगले गार्गी कन्या गुरुकुललाई विद्यालय सञ्चालन गर्न केही मद्दत हुने अपेक्षा राखेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *