कर्णाली नदिमा हामफालेका ६ जना पक्राउ, बेपत्ता भेटिएनन्

२०८० चैत १३ गते

सोमबार दिउँसो कर्णाली पुलबाट नदीमा हाम फालेका ६ जवनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुसँगै नदीमा हामाफलेका एक जना बेपत्ता भएपछि प्रहरीले पक्राउ गरेको हो।
लम्कीचुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्र शाही भने बेपत्ता छन्। मंगलबार दिनभर उनको खोजी गरिएको भएपनि फेला परेका छैनन्।
नेपाल प्रहरी, सशस्त्र प्रहरीको गोताखोरको टोली र स्थानीयले खोजि गरिरहेका छन्।
सोमबार होली खेल्दै कर्णाली पुलमा पुगेका १७ जना युवाले नदीमा हाम फालेका थिए । उनीहरु मध्ये १६ जना पौडी खेलेर सकुशल बाहिर निस्किए पनि एक जना भने हामफालेको केहीबेरमै बेपत्ता भएका थिए।

२०८० चैत १३ गते
प्रतिक्रिया
सम्बन्धित