नाथम र नेपाल पर्वतीय प्रशिक्षक प्रष्तिठालाई समायोजन गर्छौं : पर्यटनमन्त्री तामाङ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) र नेपाल पर्वतीय प्रशिक्षक प्रष्तिठानलाई चाँडै समायोजन गर्ने बताएका छन् ।

मंगलवार नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) को ५१ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री तामाङले नाथम जस्तै प्रकृतिको काम गर्ने अर्को संस्था कायम राख्ने भन्दा दुई संस्था समायोजन गरी थप व्यवस्थित बनाउन सरकारले एक आपसमा समायोजन गरेर जाने बताए ।

‘नाथप महत्वपूर्ण उपलब्धीहरु हासिल गरेर प्रतिष्ठित संस्थाको रुपमा विकास भइरहेको छ । नाथम जस्तै प्रकृतिको काम गर्ने नेपाल पर्वतीय प्रशिक्षक प्रष्तिठान बीच एक आपसमा समायोजन गरेर जाने सरकारको निर्णय अनुसार मन्त्रालयले गठन गरेको कार्यदलले सञ्चालन मोडालिटी कस्तो कस्तो बनाउने भन्ने जिम्मेवारी दिएको थियो उनले भने ‘त्यसले प्रतिवेदन पनि तयार पारेको छ । त्यसलाई अन्तिम रुप दिन मात्रै बाँकी छ । यसले अर्को नयाँ खालको उत्साहित र वातावरण बनाउनेछ भन्ने लागेको छ ।’

उनले समायोजन गर्ने निर्णय कार्यान्वयन गर्ने मोडालिटी बनाउने कार्यदलले प्रतिवेदन तयार पारेको भन्दै उक्त प्रतिवेदनलाई केही दिनमा अन्तिम रुप दिने प्रतिवद्धता जनाए ।

मन्त्री तामाङले दुई संस्था बीचको समायोजनले नयाँ खालको उत्साहित वातावरण बनाउने बताए । उनले नाथम गठन आदेशबाट निर्माण भएको भन्दै संस्थालाई व्यवस्थित बनाउन आवश्यक ऐन बनाउनेतर्फ मन्त्रालयले तयारी गरिरहेको बताए ।

‘गठन आदेशबाट निर्माण भएको यो संस्था अहिलेसम्म आवश्यक ऐन समेत बनाउन सकेको छैनौं । ऐन बनाउनेतर्फ मन्त्रालयले ध्यान दिएको छ’उनले भने ‘हामी चाँडै यो ऐनलाई संसदबाट अनुमोदन गर्ने तयारीमा छौं । ऐन बनेसँगै नाथमको गरिमा बढाउने मात्रै नभएर अगाडि बढ्नको निम्ति कानूनी अवरोधहरु खडा भइरहेका छन् । त्यो बाटो खुल्नेछ ।’

उनले मन्त्रालय चाँडै नै यस सम्बन्धित ऐनलाई संसदबाट अनुमोदन गर्ने तयारीमा रहेको बताए । उनले ऐन बनेसँगै नाथमको गरिमा बढाउने मात्रै नभएर अगाडि बढ्नको निम्ति कानूनी अवरोधहरु हट्ने बताए ।

उनले दुई संस्थाबीचको समायोजनबाट पर्यटन प्रवद्र्धनमा थप विकास गर्ने, दिगो उत्पादन गर्ने,रोजगार सिर्जना गर्ने र मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण प्रभावकारी योगदान पु¥याउने अपेक्षा रहेको बताए ।

उनले भने– ‘दुई संस्थाबीचको समायोजनबाट पर्यटन क्षेत्रमा अहिलेसम्म पु¥याएको योगदान भन्दा बढी पु¥याउनेछ । पर्यटन प्रवद्र्धनमा थप विकास गर्ने दिगो उत्पादन गर्ने,रोजगार सिर्जना गर्ने र मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण प्रभावकारी योगदान पुर्‍याउने अपेक्षा रहेको छ ।’

उनले पर्यटन बोर्डको प्रमुख कार्यकारी चाँडै नियुक्त हुने पनि बताए । उनले सिइओ छनोट अन्तिम चरणमा रहेकाले केही दिनमा नै पर्यटन बोर्डले नेतृत्व पाउने उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *