छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु, १ जनाको पहिचान खुलेन

काठमाडौँ । महोत्तरी, लोहारपट्टी नगरपालिका–७ भम्ररापुरस्थित सडकमा ज.११ प ५७९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री लोहारपट्टी नगरपालिका–७ भम्ररापुर बस्ने ४५ वर्षीया निर्मला देवी साहको सोमबार बेलुकी मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुर धनुषामा उपचारको क्रममा मृत्यु भएको हो ।

मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै धनुषा, मिथिला नगरपालिका–२ विश्वकर्मा चोकस्थित सडकमा प्र.२–०२–००१ च ०७१२ नम्बरको एम्बुलेन्सले ज.११ प १९९ नम्बरको मोटरसाइकललाई सोमबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही नगरपालिका–३ हरिहरपुर बस्ने २२ वर्षीय जिते भन्ने जितेन्द्र महतोको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका
मोटरसाइकलमा सवार १ जनालाई उपचारको लागि न्यूरो अस्पताल जनकपुरमा पठाइएको छ ।

एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी धनुषा, लक्ष्मिनिया गाउँपालिका–६ स्थित सडकमा प्र.२–०२–००४ प ६९४७ नम्बरको मोटरसाइकललाई डीएल १२ सी ०९४४ नम्बरको कारले मंगलबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक महोत्तरी लोहरपट्टी नगरपालिका–४ बस्ने २५ वर्षीय रामबाबु साहको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सेन्ट्रल अस्पताल लक्ष्मिनियामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार कार चालकको
प्रहरीले खोजी गरिरहेको छ ।

त्यस्तै काठमाडौँ, चन्द्रागिरी नगरपालिका–२ ढलानस्थित सडकमा ना.७ ख ९१८७ नम्बरको मिनी ट्रक र लु.१ ख ८२६६ नम्बरको चक्के ट्रक एकआपसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा मिनी ट्रक चालक धादिङ गल्छी गाउँपालिका–१ बस्ने ३४ वर्षीय ज्ञान
कुमार राईको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको ओम समाज अस्पताल सतुङ्गलमा उपचारको क्रममा मृत्यु भएको हो । चक्के ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै अर्का बारा, जितपुरसिमरा उपमहानगरपालिका–३ स्थित सडकमा सिमराबाट वीरगंजतर्फ जाँदै गरेको बा.प्र.०२–०२७ प ७५०४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा चालक नुवाकोट घर भएका ३२ वर्षीय लक्ष्मण तामाङको मृत्यु भएको
छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बयोधा हस्पिटल वीरगंज पर्सामा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै दैलेख, आठबिस नगरपालिका–२ साईखोलास्थित सडकमा भे.२ त ४८६ नम्बरको ट्याक्टर सोमबार राति दुर्घटना हुँदा चालक अछाम तुर्माखाद गाउँपालिका–६ टुल्टा बस्ने २५ वर्षीय हिमाल माझिको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको
कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो ।

सर्लाही, हरिवन नगरपालिका–९ स्थित सडकमा रोकी राखेको ग.१ ख ८६०९ नम्बरको बसमा बा.३८प ४२८५ नम्बरको मोटरसाइकल ठक्कर खाई मंगलबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरूषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल छ ।

मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई उपचारको लागि वीरगंजतर्फ पठाइएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *