संयुक्त राष्ट्र सुरक्षा परिषद्द्वारा गाजामा युद्धविरामको माग गर्ने प्रस्ताव पारित

एजेन्सी । संयुक्त राष्ट्र सुरक्षा परिषद्ले गाजामा युद्धविरामको माग गर्ने प्रस्ताव पारित गरेको छ ।

गाजामा पवित्र महिना रमजानको लागि तत्काल युद्धविराम गर्न माग गरिएको हो ।

उक्त प्रस्तावको पक्षमा परिषद्का १५ सदस्यमध्ये १४ मत परेको थियो ।

गाजामा युद्धविरामको लागि आह्वान गर्ने वा माग गर्ने तीनवटा मस्यौदा प्रस्तावहरूलाई भिटो गर्ने संयुक्त राज्य अमेरिका भने सोमवार मस्यौदालाई पारित गर्न अनुमति दिँदै अनुपस्थित रह्यो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *