महाकाल मन्दिरमा आगलागी, पुजारीसहित १३ जना घाइते

काठमाडौं । भारतको मध्य प्रदेशको उज्जैनमा रहेको महाकाल मन्दिरको गर्भ गृहमा आगलागी हुँदा पुजारीसहित १३ जना घाइते भएका छन् । बिहान मन्दिरको गर्भगृहमा होलीका अवसरमा भस्म आरती गर्न गुलाल फाल्ने क्रममा आगलागी भएको हो ।

आरतीको क्रममा आगलागी हुँदा मुख्य पुजारी सञ्जय गुरुसहित पुजारी र मन्दिरका कर्मचारीसहित १३ जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उज्जैनका जिल्ला अधिकारी निरजकुमार सिंहले घटनाको पुष्टि गर्दै घाइतेलाई उज्जैनको जिल्ला अस्पताल लगिएको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *