नयाँ राष्ट्रपति चयन गर्दै सेनेगल, १९ जना प्रतिस्पर्धी

एजेन्सी । सेनेगलमा आइतबार पहिलो चरणको राष्ट्रपतीय निर्वाचन भएको छ । निर्वाचन महानिर्देशनालयको तथ्याङ्कअनुसार लगभग ७.३७ मिलियन मतदाताहरू रहेका छन् ।

जसमा ७ मिलियन भन्दा बढी स्वदेशी र बाँकी विदेशमा रहेको बताइएको छ । सेनेगलको पाँचौं राष्ट्रपति चयन गर्न मतदान भएको हो । सेनेगलका मतदाताहरूले बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म करिब १६ हजार ४४० मतदान केन्द्रमा मतदान गरेका थिए ।

निर्वाचनका लागि २ हजार ४५७ पर्यवेक्षकलाई मान्यता दिइएको निर्वाचन महानिर्देशनालयले जनाएको छ । सन् २०१२ मा निर्वाचित र २०१९ मा पुनः निर्वाचित भएका निवर्तमान राष्ट्रपति म्याकी सालको उत्तराधिकारीका लागि १९ जना उम्मेदवारले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *