भारतमा विदेशी मुद्रा सञ्चिति ६४२.४९ अर्ब अमेरिकी डलर पुग्यो

काठमाडौं । भारतमा विदेशी मुद्रा सञ्चिति मार्च १५ सम्ममा ६४२.४९ अर्ब अमेरिकी डलर पुगेको छ । भारतकाे केन्द्रीय बैंकले यो अहिलेसम्मकै उच्च विदेशी मुद्रा सञ्चिति रहेको बताएको छ ।

भारतको विदेशी मुद्रा सञ्चितिमा वृद्धि भएको यो लगातार चौथो साता हो । भारतीय रिजर्भ बैंककाअनुसार मार्च दाेस्राे सातामा विदेशी मुद्रा सञ्चिति झन्डै ६ अर्ब ४ करोड डलरले बढेको छ ।

यस हप्तामा विदेशी मुद्रा सम्पत्ति ५६८ अर्ब ३८६ अर्ब डलर रहेको छ भने सुनको सञ्चिति ५१ अर्ब १४ करोड डलर रहेको तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *