ग्याङफाइटमा दुई युवा मारिएपछि १८ जना प्रहरीको नियन्त्रणमा

काठमाडौं । ललितपुरको ढोलाहिटीमा दुई समुहबीच ग्याङफाइट हुँदा दुईजनाको मृत्यु भएको छ । राती करिब ९ बजेतिर ललितपुर महानगरपालिका वडा नं. २६ स्थित ढोलाहिटीमा भएको झडपमा दुई युवाको मृत्यु भएको हो ।

झडपमा परी घटनामा धरान घरभई हाल ढोलहिटी बस्ने २८ वर्षीय रोवस राई र पाँचथर घर भई खुमल्टार बस्ने ३० वर्षका पुजन राईको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिए । उनकाअनुसार मृतकहरुको शव पाटन र सुमेरु अस्पतालमा राखिएको छ ।

सो घटनामा संलग्न १८ जनालाई पहरीले नियन्त्रणमा लिएको छ । घटनास्थलबाट प्रहरीले चुप्पी बरामद गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *