हुम्लाको अदानचुलीमा गाडी दुर्घटना : २ जनाको मृत्यु, पाँच घाइते

सिमकोट (हुम्ला) । हुम्लाको दक्षिण भेगमा पर्ने अदानचुली गाउँपालिका–४ मा आज भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले पाम्सा भन्ने स्थानमा भएको दुर्घटनामा पाँच जना घाइते भएको जानकारी दिए ।

सु प ०१००१ नम्बरको गाडी आज दिउँसो पाम्सको मोडमा दुर्घटना भएको हो । उनका अनुसार मृतक र घाइतेको उद्धार भइरहेको छ । दुर्घटनाबारे विस्तृत जानकारी प्राप्त नभइसकेको प्रहरीको भनाइ छ ।

दुर्घटनामा पर्ने सावरी स्थानीय धनमल महताराको रहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + fourteen =