नेपाल सरकारद्वारा आतङ्कवादी हमलामा ज्यान गुमाएका नागरिकप्रति दुःख व्यक्त
२०८० चैत १० गते

काठमाडौँ । नेपाल सरकारले रुसी महासङ्घको मस्कोमा शुक्रवार साङ्गीतिक कार्यक्रममा आतङ्कवादी हमलामा निर्दोष नागरिकले अमूल्य ज्यान गुमाउनाका साथै कैयौँ घाइते भएको खबरले स्तब्ध भएको जनाएको छ ।
परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्तिमार्फत रुसका जनता र सरकारका साथै पीडित र परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।
‘नेपाल सरकार आफ्नो सैद्धान्तिक अडानअनुसार सबै प्रकारका आतङ्कवादको निन्दा र भर्त्सना गर्दछ, आतङ्कवाद जहाँ र जहिलेसुकै भए पनि त्यसलाई दृढतापूर्वक र दृढताका साथ सामना गर्नुपर्ने धारणा राख्छ’ विज्ञप्तिमा उल्लेख छ ।
नेपाल सरकारले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै यी जघन्य कार्यका दोषीलाई चाँडोभन्दा चाँडो कानुनी कठघरामा ल्याउनुपर्ने जनाएको छ ।
२०८० चैत १० गते
प्रतिक्रिया
सम्बन्धित








