मधेस सरकारलाई दिएको समर्थन कांग्रेसले गर्‍यो फिर्ता

नेपाली कांग्रेसले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । कांग्रेसले मधेस सरकारलाई दिएको समर्थन शुक्रबार फिर्ता लिएको हो ।

कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले प्रदेश प्रमुखलाई पत्र लेख्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिए ।

पत्रमा भनिएको छ, ‘उपरोक्त सम्बन्धमा मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका नेपालको संविधानको धारा १६८ अनुसार नेपाली कांग्रेस संसदीय दलको समर्थन रहेकोमा आजकै मितिबाट सो समर्थन फिर्ता लिइएको ब्यहोरा जानकारीको लागि अनुरोध छ ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 17 =