‘डिग्री माइला’ को ट्रेलर सार्वजनिक (भिडिओ)

काठमाडौँ । चलचित्र डिग्री माइलाको ट्रेलर सार्वजनिक भएको छ ।

शुक्रवार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो । रामबाबु गुरुङ निर्देशित चलचित्र ‘डिग्री माइला’ मा दयाहाङ राई, आँचल शर्माको मुख्य भुमिका रहेको छ ।

बाँसुरी फिल्म्सको ब्यानरमा निर्माण भएको यो चलचित्रले तेस्रो श्रेणीमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेस गरेको छ । यही नाममाथि अभिनेता दयाको निर्देशनमा केही वर्षअगाडि नाटकसमेत प्रदर्शन भएको थियो ।

चलचित्रमा दया र आँचलसहित, ऋचा शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय छ ।

यो चलचित्र चैत्र ३० गते रिलिज हुने तयारीमा रहेको निर्माण पक्षले जनाएको छ । चलचित्रमा नेमिस श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्युजिक रहेको छ ।

हेर्नुहोस् भिडिओ :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *