१० वटा आदिवासी जनजाति चलचित्र हल निर्माण गर्न आवश्यक छ : मिलन च्याम्स

काठमाडौँ । चलचित्र निर्माता एवं निर्देशक मिलन च्याम्सले चलचित्रले राम्रो व्यापार गर्न नसकेसम्म राम्रा चलचित्र बन्न कठिन रहेको बताएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित आदिवासी, जनजाति, मातृभाषी चलचित्रको निर्माण, प्रवर्द्धन, सहकार्य र बजारीकरण सम्बन्धी गोष्ठीमा बोल्दै उनले यस्तो बताएका छन् । उनले चलचित्र बनाउने भन्दा चलचित्र देखाउने ठाउँ सबैभन्दा पहिला सुनिश्चित गर्न आवश्यक रहेको बताए ।

उनले देशभर १० वटा आदिवासी जनजाति चलचित्र हल निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले अहिलेका चलचित्र हलहरू नेपाली चलचित्रकै लागि पनि पर्याप्त नभएको र स्थान नदिने गरेको गुनासो गरे । उनले हिन्दी र अंग्रेजी चलचित्रलाई बढी प्राथमिकता दिँदा नेपाली चलचित्र देखाउने ठाउँ नपाएको बताए ।

उनले भने ‘चलचित्र भनेको व्यापार नै हो । जबसम्म चलचित्रले राम्रो व्यापार गर्न सक्दैन । तबसम्म चलचित्र राम्रा राम्रा बन्न सक्दैनन् । चलचित्र बनाउने भन्दा चलचित्र देखाउने ठाउँ सबैभन्दा पहिला सुनिश्चित गर्नुपर्छ । देशभर १० वटा आदिवासी जनजाति चलचित्र हल निर्माण हुनुपर्छ । नेपाली चलचित्रले त चलचित्र भवन पाउन गाह्रो छ, यति लडाइँ गर्नुपर्छ । हिन्दी र अंग्रेजी सिनेमालाई मात्रै प्राथमिकता दिनुपर्छ । १० वटा चलचित्र भवनमा बनाएर त्यहाँ आदिवासी जनजातिका चलचित्रहरू मात्रै प्रदर्शन गर्ने बनाउनुपर्छ ।’

निर्देशक च्याम्सले १० वटा चलचित्र भवन आदिवासी जनजातिका लागि बनाएर त्यहाँ आदिवासी जनजाति सम्बन्धित चलचित्र मात्रै प्रदर्शनी गर्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *