‘विश्व वित्तीय सप्ताह–२०२४’ को अवसरमा प्रभु क्यापिटलद्वारा प्रशिक्षण कार्यक्रम सञ्चालन

काठमाडौँ । विश्व वित्तीय सप्ताह २०२४ को अवसरमा प्रभु क्यापिटल लिमिटेडले चैत ०८ गते वित्तीय साक्षरता कार्यक्रम अन्तर्गत ललितपुर स्थित सानेपामा रहेका स्टार हस्पिटलका चिकित्सकहरू बीच कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा स्टार हस्पिटलका अध्यक्ष किशोर महर्जन, प्रमुख सञ्चालक अधिकृत सन्देश जिसि लगायत कार्यसमितिका सदस्यहरूसमेत गरी करिब २२ जना चिकित्सकहरू सहभागिता रहेको थियो । उक्त कार्यक्रम प्राविधिक विशेषज्ञका रुपमा प्रभु क्यापिटल लिमिटेडका प्रमुख लगानी अधिकृत दुर्गा नन्द झा ले सञ्चालन गरेका थिए ।

उक्त वित्तीय साक्षरता कार्यक्रम अन्तर्गत चिकित्सा पेसामा व्यस्त रहेका चिकित्सकहरूले समेत निष्क्रिय रुपमा शेयर बजारमा लगानी गरी अधिकतम लाभ पाउन सकिने उद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको कम्पनीले जनाएको छ ।

उक्त कार्यक्रम ओइिसिडिकोद्वारा सङ्गठित विश्व वित्तीय सप्ताह– २०२४ को अवसरमा चिकित्सकहरूलाई लगानी सम्बन्धी जागरूकता, लगानीको विभिन्न अवसर र चुनौतीहरू, तथा लगानी सम्बन्धित जोखिम व्यवस्थापनको विषयमा केन्द्रीत रही तालिम कार्यक्रम सम्पन्न गरेको हो ।

चिकित्सकहरूले प्रभु क्यापिटल लिमिटेडले आयोजना गरेको उक्त कार्यक्रम सेयर बजार सम्बन्धी सचेतना तथा लगानीका विभिन्न विकल्पहरूको विषयमा निकै प्रभावकारी भएको बताएका छन् । चिकित्सकहरू आफ्नो समय व्यस्तता तथा शेयर बजारसम्बन्धी पर्याप्त ज्ञान नभएको कारण पुँजी बजारमा सक्रिय नरहेको बताएका थिए ।

पुँजी बजार तथा शेयर लगानीमा सचेतना अभिवृद्धिका लागि प्रभु क्यापिटलले बजारसँग सम्बन्धित विविध वर्कसप तथा तालिम कार्यक्रमहरू समय समयमा सञ्चालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *