धरानकी सुमना हत्या आरोपमा ६ जना पक्राउ

काठमाडौं । सुनसरीको धरानमा युवती हत्या गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ परेको छ ।

धरान १८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा र डिपोट स्कुलबीचको एकान्त ठाउँमा बुधबार दिउँसो घाँटी रेटेर हत्या गरेको अवस्थामा धरान १६ की २१ वर्षीया सुमना श्रेष्ठको शव फेला परेको थियो । उक्त घटनामा अनुसन्धान गरिरहेको प्रहरीले ६ जनालाई पक्राउ गरेको हो ।

प्रहरी स्रोतकाअनुसार धरान रेल्वेलाइनमा बस्दै आएको सविन भुजेलसहित ६ जना समातिएका छन् । भुजेललाई धनकुटाको मुलघाटबाट र अन्य ५ जनालाई धरानकै विभिन्न स्थानबाट पक्राउ गरिएको हो । उनीहरूलाई आज दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने प्रहरीको तयारी छ ।

यो पनि : धरानमा हत्या गरिएकी युवतीको परिचय खुल्यो

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *