एमालेमा अब पार्टीको परीक्षामा उत्तीर्ण हुनेलाई मात्रै टिकट

भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनता र पार्टीको काममा सक्रिय व्यक्तिलाई मात्र पार्टीले उमेदवार बनाउने बताएका छन् । एमाले वाग्मती प्रदेशले बिहीबार मध्यपुरथिमि बोडेस्थित कृषि विकास बैंकको तालिम हलमा आयोजना गरेको प्रदेशस्तरीय जनप्रतिनिधिको प्रशिक्षणमा उनले अब पार्टी सदस्यताकै आधार बनाएर टिकट नदिइने बताएका हुन् ।

पार्टी सदस्यता लिएको यति वर्ष भयो भनेर सदस्यता लिएको वर्ष गनेर टिकट वितरण नहुने बताउँदै उनले देश, जनता र पार्टीका काममा निरन्तर लाग्नेलाई मूल्यांकनका आधारमा चुनावमा टिकट दिने बताए । ‘देश र जनताका काममा सक्रिय भएर लाग्नुस् । समाजको विकासमा लाग्नुस् । पार्टीको काममा सक्रिय भए मात्रै टिकट पाइन्छ । अब आउने पार्टीको अधिवेशनमा होस् वा स्थानीय तहदेखि संसदीय निर्वाचनमा होस् पार्टीको परीक्षामा उत्तीर्ण हुनेले मात्रै टिकट पाउँछन्,’ उनले भने ।

प्रतिक्रिया

One thought on “एमालेमा अब पार्टीको परीक्षामा उत्तीर्ण हुनेलाई मात्रै टिकट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =