प्रधानमन्त्रीको अफर छोडेर गृहमन्त्री बन्दैमा अपराधी हुँदैन : उपप्रधानमन्त्री महासेठ

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबिरुद्ध लागेको आरोपमाथि छानबिन जारी रहेको बताएका छन् ।

बिहीवार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले छानिबनमा दोषी देखिए सरकारबाट बाहिर जानुपर्ने बताए । उनले दोषी जो कोही भएपनि कारबाहीको दायरामा आउने बताए ।

‘जहाँ हाम्रो उपप्रधानमन्त्री रवि लामिछानेजीको कुरा छ, उहाँमाथि छानबिन जारी छ । जो पनि दोषी भए भने त सरकारबाट बाहिर जानैपर्छ उनले भने ‘कुनै चान्स छैन उनले भने जो सुकै होस् । यो गठबन्धन बाँकी समय सबै जान्छ ।’

उनले गृहमन्त्री लामिछानेलाई नेपाली काँग्रेसले प्रधानमन्त्री अफर गर्दा नमानेर अहिलेको सत्ता गठबन्धनमा आएकाले बिरोध गरिरहेको बताए ।

उनले प्रधानमन्त्रीको अफर गर्दा ठिक र गृहमन्त्री बन्दा अपराधी भन्नु गलत रहेको बताए ।

‘जुन प्रकारले काँग्रेसले राजीनामाको माग गर्नुभएको छ । त्यो आफैँमा गलत कुरा हो’उनले भने ‘हिजो गठबन्धन चेन्ज हुँदा उहाँलाई नेपाली काँग्रेसले प्रधानमन्त्री बनाउन सक्ने तर उहाँहरुको अफर स्वीकार नगर्दा र यो सरकारमा आएर गृहमन्त्री बन्दा अपराधी हुने, ठग हुनेकुरा गलत हो ।’

उपप्रधानमन्त्री महासेठले वर्तमान सत्ता गठबन्धन पूरा कार्यकाल चल्ने बताए ।

भौतिक पूर्वाधारको विकास नगरीकन देश समृद्धितर्फ जान नसक्ने भएकाले सरकारको पहिलो लक्ष्य नै भौतिक पूर्वाधारसँग सम्बन्धित विकास रहेको बताए ।

उनले भने‘भौतिक पूर्वाधारलाई जसरी हुन्छ, राम्रो गर्नुस् भन्ने प्रधानमन्त्रीको निर्देशन छ । भौतिक पूर्वाधारको विकास नगरीकन देश समृद्धितर्फ जान सक्दैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 3 =