सुतिरहेको अवस्थामा आफ्नै साथीले गरे सनमको हत्या

काठमाडौँ । झापामा धारिलो हतियार खन्तीको प्रहारबाट अन्दाजी ३५ वर्षीय सनम राईको हत्या भएको छ ।

आज (बिहीबार) बिहान ५ बजेतिर उनको हत्या भएको हो ।

भद्रपुर नगरपालिका–२ स्थित गौरीशङ्कर घर भएका सनमको हत्या उनकै साथी अन्दाजी २५ वर्षीय लोकबहादुर राईले गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार लोकबहादुर गएराति सनमको घरमा सुतेका थिए । लोकबहादुरले सुतिरहेको अवस्थामा खन्तीले सनमको टाउकोमा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

लोकबहादुरलाई प्रहरीले घटनास्थलबाटै नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ । प्रहरीले शव पोस्टमार्टमका लागि अस्पताल पठाएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =