पूर्वसूचना प्रणालीको क्षेत्रमा नयाँ आयाम थपिने अपेक्षा छ : मन्त्री बस्नेत

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले पूर्व सूचनालाई व्यवस्थित रुपमा विकास गर्न आवश्यक रहेको बताएका छन् ।
बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अब नेपालले पूर्वसूचनाको उत्पादन कसरी गर्ने ? भन्नेबारेमा विशेष जोड दिनुपर्ने बताए ।
‘अब हामीले पूर्वसूचनाको उत्पादन कसरी गर्ने ? अथवा पूर्व सूचनालाई हामीलै कुन रुपमा व्यवस्थित, विकास गर्ने भन्ने प्रश्न छ’उनले भने ‘अब पूर्वसूचना प्रणालीको क्षेत्रमा केही नयाँ आयामहरु थपिँदै जाने अपेक्षा छ ।’
उनले पूर्वसूचना प्रणालीको क्षेत्रमा केही नयाँ आयामहरु थपिँदै जाने अपेक्षा आफूले राखेको पनि बताए ।
उनले नेपालीहरुले लिएको विज्ञता र अनुभवलाई अब सबैसमक्ष पुयाउने गरी पूर्वसूचना प्रणालीको विकास र बिस्तार गर्न आवश्यक रहेको बताए ।
उनले भने–‘हाम्रा अनुभवहरुलाई र विज्ञतालाई ठिक ढंगले प्रशारण गर्नुपर्छ, सूचनामा सबैको पहुँच पु¥याउने विधिहरुको बारेमा पनि तपाईहरुका अनुभव, नलेजको शेयरिङ राम्रोसँग हुनेछ ।’
उनले सूचना सबैको पहुँच पु¥याउने विधिहरुको बारेमा सोच्न जरुरी रहेको बताए ।








