सरकारलाई पैसाको अभाव छैन, खर्च गर्ने क्षमताको कमी छ : अर्थमन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले सरकारलाई पैसाको अभाव भन्दा पनि खर्च गर्ने क्षमता वृद्धि गर्न आवश्यक रहेको बताएका छन् ।
बुधवार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको सम्बन्धमा भएको छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा यस्तो बताएका हुन् ।
उनले सरकारसँग अहिले प्राप्त मात्रामा पैसा रहेको बताए । उनले लगानी गर्ने पर्याप्त पुँजी हुँदा समेत खर्च गर्ने क्षमतामा कमी हुँदा वैदेशिक सहायता समेत खर्च गर्न नसकिएको बताए । उनले अहिले पनि विदेशी सहयोगमा प्रतिबद्धता भएको ५ खर्ब भन्दा बढी रकम रहेको बताए ।
अर्थमन्त्री पुनले सरकारको वार्षिक पुँजीगत बजेट जम्मा ३ खर्ब रहेको बताए । उनले सरकारलाई विदेशी विकास साझेदारहरूले ऋण वा अनुदान भनेर प्रतिबद्धता जनाएको ५ खर्ब रकम रहेको बताए । उनले निवर्तमान अर्थमन्त्रीले सकारात्मक रुपमा चुनौती दिएपनि अब सरकारले सहयोग जुटाउने भन्दा पनि खर्च गर्न आवश्यक रहेको बताए ।
उनले प्रतिबद्धता भएको रकम समेत खर्च गर्न नसकेको भन्दै कमजोरीका विषयमा सबैले समीक्षा गर्नुपर्नेमा जोड दिए । उनले विगतमा वैदेशिक साहयता २० देखि २५ प्रतिशत खर्च हुने गरेको भएपनि अहिले ७ प्रतिशतमा सीमित रहेको बताए । उनले पछिल्लो १२ वर्षमा बजेट आकार बढेर ५ खर्बबाट १७ अर्ब पुगेको बताए ।
उनले भने ‘अहिले सरकारलाई पैसाको अभाव छैन । खर्च गर्ने क्षमता पुगेन । अहिले पनि विदेशी सहयोगमा प्रतिबद्धता भएको रकम ५ खर्ब भन्दा बढी छ । सरकारको वार्षिक पुँजीगत बजेट जम्मा ३ खर्बको छ । तर सरकारलाई विदेशी विकास साझेदारहरूले सहयोग गछौं । ऋण वा अनुदान भनेर प्रतिबद्धता जनाएको रकम ५ खर्ब छ । निवर्तमान अर्थमन्त्रीले सकारात्मक रुपमा चुनौती छ भन्नुभयो । सरकारले यो सहयोग जुटाउन सक्छ भन्नुभयो । अब जुटाउने होइन खर्च गर्ने हो । प्रतिबद्धता भएको रकम समेत खर्च गर्न सकेका छैनांैं । हाम्रो कहाँ कमजोरी हो । विगतमा वैदेशिक साहयता २० देखि २५ प्रतिशत खर्च हुने गरेको थियो । तर अहिले ७ प्रतिशतमा छ । १२ वर्षअघि अर्थमन्त्री हुँदा ५ खर्बको बजेट थियो । पछिल्लो १२ वर्षमा बजेट आकार बढेर ५ खर्बबाट १७ अर्ब पुगेको छ ।’
उनले भने ‘जनशक्ति त्यो बेला ९ हजार थियो अहिले घटेर साढे ६ हजार भएछ । जनशक्ति ९ हजारबाट घटेर ६ हजारमा आएछ भनेपछि टेक्नोलोजीले कम बनाएको हुनसक्छ । पुँजीगत खर्च गर्ने विषयमा जनशक्तिलाई आवश्यक दक्षता बनाउन सकेनौँ । यो विषयमा समीक्षा गर्न आवश्यक छ । विश्वास जगाउने प्रतिबद्धता छ । अर्थमन्त्रीले गर्ने सार्वजनिक वित्तको क्षेत्रका चुनौतीलाई सामना गर्न सकिन्छ । सत्ता र प्रतिपक्ष सबै सांसदहरूको सल्लाह सुझावका आधारमा पुरा गर्न सकिन्छ । देशको समृद्धि,सुशासन,सामाजिक न्याय हाम्रा साझा प्रतिबद्धता हुन् । नीति तथा कार्यक्रम,बजेट र मौद्रिक नीति एकीकृत रुपमा बनाएर लैजान्छौँ ।’
उनले पुँजीगत खर्च गर्ने विषयमा जनशक्तिलाई आवश्यक दक्षता बनाउन सरकारले नसकेको विषयमा समीक्षा जरुरी रहेको बताए । उनले सार्वजनिक वित्तको क्षेत्रमा देखिएका चुनौतीलाई सामना गर्न सकिने अवस्थामा रहेको बताए ।
उनले देशको समृद्धि,सुशासन,सामाजिक न्याय सबैको साझा प्रतिबद्धता भएकाले सबैको सहयोगको अपेक्षा गरेको बताए । उनले विगतमा जस्तो नीति तथा कार्यक्रम,बजेट र मौद्रिक नीति फरक–फरक भएको टिप्पणीलाई अब एकीकृत रुपमा ल्याउने प्रतिबद्धता जनाए ।








