स्पेनमा सडक दुर्घटना : २ सिभिल गार्डसहित ६ जनाको मृत्यु, ३ गम्भीर घाइते
२०८० चैत ७ गते

एजेन्सी । दक्षिणी स्पेनी सहर सेभिल नजिकैको एपी–४ राजमार्गमा रहेको प्रहरी स्टपमा एउटा लरीले धेरै सवारीसाधनलाई ठक्कर दिँदा ६ जनाको मृत्यु भएको छ ।
साथै अन्य तीन जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा दुई जना सिभिल गार्ड र चार जना सर्वसाधारण रहेका छन् । दुर्घटनाको कारण अनुसन्धान भइरहेको छ ।
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले दुर्घटनामा परी ज्यान गुमाएकाका परिवारप्रति ऐक्यबद्धता व्यक्त गरेका छन् ।
२०८० चैत ७ गते
प्रतिक्रिया
सम्बन्धित








