ओलीको टिप्पणी– मोहनविक्रम सिंह पतन भए

काठमाडौँ । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह पतन भएको टिप्पणी गरेका छन् ।
काँग्रेस सरकारबाट हटेपछि श्रीमती दुर्गा पौडेललाई राष्ट्रिय सभाको सांसद बनाउन नसकिने भएपछि पुराना कम्युनिष्ट नेता सिंह अहिले छाती पिटेर रोइरहेको ओलीको भनाई थियो ।
‘एक जना आफूलाई कम्युनिष्ट भन्ने पुराना नेता छन् । तपाईँहरूले पनि चिन्नुहुन्छ होला’उनले भने ‘मोहन विक्रम सिंह नाम हो उहाँको । अहिले काँग्रेस सरकारबाट बाहिर रह्यो भनेर छाती पिटिपिटी रोएर उधुम छ बुढाको ।’
पार्टीको काठमाडौं जिल्ला कमिटीले बुधवार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले श्रीमती पौडेलले पद नपाउने देखेपछि रोइ कराई गर्न लागेका सिंह के का लागि जीवनभर कम्युनिष्ट भएका रहेछन् भन्ने कुरा पनि पर्दाफास भएको दाबी गरे ।
काँग्रेस बाहिर रह्यो सरकारबाट । काँग्रेस आएको भए मेरो श्रीमतीलाई राष्ट्रिय सभामा मनोनीत गरेर पठाउथ्योहोला सम्झिन्छन् । फेरी ग्वाँग्वाँ रुन्छन् । छाती पिट्छन्’उनले थपे ‘त्यसरी पतन हुँदो रहेछ मान्छे । कम्युनिष्ट भनेर जिन्दगी भर ढाँटयोढाँटयो । बुढेसकालमा गएर के का लागि मरिमेटेको रहेछ भन्ने कुरा पर्दाफास भयो ।’
उनले सिंह निराश र हतोत्साहित भएपछि के टिप्न पाइन्छ भनेर काँग्रेसको पछि लागेको आरोप लगाए ।
अध्यक्ष ओलीले सिंहको उदाहरण दिँदै पार्टी काममा सफलता हासिल नगरे निराश हुनेतर्फ पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।
ओलीले भने ‘यस्तो हुँदो रहेछ निराश भएपछि, हतोत्साहित भएपछि । अब केही पनि भविष्य छैन भनेपछि मान्छे कहाँबाट के टिप्न पाइन्छ, त्यत्ति भएपनि टिपौँ भन्नेमा पुग्छ । नेकपा एमाले त्यस्तो यताबाट यत्ति टिपौँ भन्ने अवसरवादी होइन ।’








