न्यूनतम साझा कार्यक्रम

नयाँ सत्ता समीकरणले पनि जनतामा आशा जगाउन नसके देश अप्ठ्यारोमा जान्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सत्ता समीकरणले पनि जनतामा नयाँ आशा जगाउन नसके देश अप्ठ्यारोमा जाने बताएका छन् ।

मंगलवार सत्तारुढ दलहरूको न्यूनतम साझा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सत्तारुढ दलहरूले न्यूनतम साझा कार्यक्रम घोषणाका कुरामा भन्दा कार्यान्वयनको काममा लाग्नुपर्ने बताए ।

उनले भने ‘यो कार्यक्रमको घोषणा भन्दा कार्यान्वयनमा बढी जोड दिनुपर्छ ।’

उनले न्यूनतम साझा कार्यक्रमलाई व्यवहारमा जनतालाई सेवा दिने कुरामा जिम्मेवारीवोध र तत्परताले नै अहिलेको सत्ता समीकरणको औचित्य पुष्टि गर्ने बताए ।

उनले नयाँ सत्ता समीकरण र सङ्कल्पले पनि जनतामा नयाँ आशा जगाउन, विकासलाई गति दिन नसके देश अप्ठ्यारोमा जाने बताए ।

भने ‘ यो समीकरण र यो सङ्कल्पले पनि जनतामा नयाँ आशा जगाउन सकिएन भने र विकासलाई गति दिन सकिएन भने साँच्चै नै देश अप्ठ्यारोमा जाने खतरा छ ।’

उनले सबैले इमान्दारिताकासाथ राष्ट्रको बृहत्तर हितको निम्ति जनतालाई सुशासनको प्रत्याभूति दिनेगरी काम गर्न मन्त्री र कर्मचारीहरूलाई निर्देशन दिए । उनले काम, परिणाम, सुशासन र समृद्धिको नयाँ यात्राद्वारा जनताको भरोसा जित्ने काममा लाग्नुपर्ने बताए ।

उनले भने ‘म प्रधानमन्त्रीको हैसियतमा सबै मन्त्रालय र सबै निकायहरूलाई निर्देशन दिन चाहन्छु । अब फेरि एक पटक हामीले कामद्वारा, परिणामद्वारा सुशासन र समृद्धिको नयाँ यात्राद्वारा जनताको भरोसा जित्नुछ ।’

प्रधानमन्त्री दाहालले वर्तमान सरकार नयाँ संकल्पका साथ अब देश र जनताको पक्षमा काम गर्ने नयाँ स्प्रिड लिएर आएको बताए ।
अहिले समाजमा नकारात्मक भाष्य बनाउने र नकारात्मक  कुरालाई बढी प्रोत्साहित गने प्रवृत्ति हाबी रहेको बताए ।

‘हामी एउटा नयाँ संकल्पका साथ अब देश र जनताको पक्षमा काम गर्ने नयाँ स्प्रिड लिएर आएका छौँ । अहिले समाजमा नकारात्मक भाष्य बनाउने र नकारात्मक कुरालाई बढी प्रोत्साहित गने प्रवृत्ति हाबी छ । हामीले त्यसलाई बिस्तारै सकारात्मकतातिर लैजानु छ ।’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + four =