शालीन मृत्यु प्रकरण : पक्राउ परेका तीनै जना धरौटीमा रिहा

काठमाडौं । शालीन पोखरेल मृत्यु प्रकरणमा पक्राउ परेका तीनै जना धरौटीमा रिहा भएका छन् ।

प्रधानाध्यापक बालहरि देवकोटा, सह प्रधानाध्यापक किरणबहादुर अधिकारी र होस्टेल वार्डेन कमलप्रसाद शर्मा धरौटीमा रिहा भएका हुन् ।

न्यायाधीश रमेशप्रसाद ज्ञवालीको इजलासले प्रधानाध्यापक देवकोटालाई ३ लाख, सह प्रधानाध्यापक अधिकारीलाई र होस्टेल वार्डेन कमलप्रसाद शर्मालाई ५/५ लाख धरौटी बुझाएर छाड्न आदेश दिएको हो ।

शालीन पोखरेल गत फागुन १२ गते चितवनको रत्ननगरस्थित एकता शिशु निकेतनको होस्टेलमा मृत भेटिएकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =