भोलीदेखि संसद चल्दैन, रविको राजीनामा चाहियो : रामहरि खतिवडा (भिडिओ)

काठमाडौं । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन नभए आगमी संसदको बैठक चल्न नदिने बताए ।

मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले गृहमन्त्री रवि लामिछानेको बारेमा प्रधानमन्त्री पुष्पकमल दाहालले दिनुभएको जवाफ काँग्रेसलाई चित्त नबुझेको बताए ।

उनले काँग्रेसले संसदमै संसदीय छानबिन समितिको माग गरेको भन्दै समिति गठन नभए आगमी बैठक चल्न नदिने चेतावनी दिए ।

उनले भने– ‘प्रधानमन्त्रीको जवाफ चित्त बुझेन । त्यसैले हामीले भन्यौँ, उहाँले गृहमन्त्री निष्पक्ष, इमन्दार हुनुहुन्छ । पोखरामा पीडितले दिएको निवेदन पनि अनुहार त्यस्तै मिलेको, दारी पनि भएको रवि लामिछाने हो की गृहमन्त्री फाल्टै अर्को हो भनेर पीडितले सोधेका छन् । त्यही जस्तो लाग्छ, उहाँ चाहीँ दोषी होइन की भनेर जवाफ दिनुभयो । हामीलाई चित्त बुझेको छैन, हामीले संसदीय समिति गठन गर्न माग गरेका छौँ । त्यो माग पूरा नगरे भोलिदेखि संसद चल्दैन, त्यो काम सरकारको हातमा छ ।’

उनले संसद अघि बढाउने वा नबढाउने भन्ने निर्णय सरकारको हातमा रहेको उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 9 =