प्राध्यापकको हत्याका योजनाकार १६ वर्षपछि पक्राउ, सवितालाई जिस्काइरहन्थे बिष्ट

काठमाडौं । प्रहरीले १६ वर्षअघि धर्मराज बिष्टको हत्याका योजनाकारलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

२०६४ साल, असार २६ गते ललितपुर जिल्लको तत्कालीन ललितपुर उपमहानगरपालिका २२ शंखमुलस्थित ललतिपुर इमाडोल घर भएका ३३ वर्षका धर्मराज बिष्टको हत्या भएको थियो ।

सोही घटनाका योजनाकारलाई प्रहरीले १६ वर्षपछि आज पक्राउ गरेको हो । पक्राउ पर्नेमा ४१ वर्षर्की धादिङ बुढाथुम गाविस ३, साविक गंगा जमुना गाउँपालिका ७ की हाल ललितपुर २६ मा बस्दै आएकी सविता थापा (अधिकारी) रहेकी छन् ।

धर्मराज बिष्ट मिन भवन कमर्स क्याम्पसको प्राध्यापक रहेको र सामान्य चिनजान रहेको प्रहरीले बताएको छ ।

बिष्टले आफूलाई बारम्बार जिस्क्याउने गरेको कुरा भाई विनोद थापालाई भनेको र दिदीको कुरा सुनिसकेपछि विनोदले आफ्ना साथीहरुलाई सोबारेमा कुरा गरी हत्याको योजना तयार पारेको प्रहरीले बताएको छ । दुवैलाई कानूनअनुसार कारबाहीको प्रक्रिया अघि बढाइएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + nineteen =