अदालतको आदेशपछि नर्भिक अस्पताल भर्ना गरियो महरालाई

काठमाडौँ जिल्ला अदालतले माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको स्वास्थ्य उपचारको प्रबन्ध मिलाउन निर्देशन दिएपछि उनलाई अस्पताल भर्ना गरिएको छ।

विभिन्न रोग लागेका महरालाई सोमबार साँझ नर्भिक अस्पताल थापाथली भर्ना गरिएको हो। महराको स्वास्थ्य अवस्था ठिक नभएको भन्दै अस्पताल बस्न पाउनु पर्ने माग पनि गरेका थिए।

उनले इजलासमा ८ प्रकारका औषधि खाँदै आएको र स्वास्थ्य अवस्था ठीक नभएको बताएका थिए। त्यसपछि उनले यसअघि उपचार गराउँदै आएको नर्भिक अस्पतालमै लगिएको हो।

उनलाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। महरा सोमबार बिहान कपिलवस्तुबाट पक्राउ परेका थिए। उनलाई जहाजमार्फत काठमाडौं ल्याइएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =