२०८१ माघमा महाधिवेशन गर्ने नेसपाको निर्णय
२०८० चैत ५ गते

नेपाल समाजवादी पार्टी(नेसपा)ले २०८१ माघमा महाधिवेशन गर्ने निर्णय गरेको छ।
सोमबार काठमाडौँको जडिबुटीमा बसेको केन्द्रीय समिति बैठकले विद्यामान केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गरी २०८१ माघमा महाधिवेशन गर्ने निर्णय गरेको हाे।
त्यसका लागि प्रदेश र पालिकाको सम्मेलन गर्ने पनि निर्णय गरेकाे छ।
पुराना शक्तिबाट देशले निकास नपाउने भन्दै नयाँ वैकल्पिक समाजवादी क्रान्तिको नेतृत्व नेसपाले गर्न सक्ने निष्कर्ष निकालेको छ । यस्तै माओवादी केन्द्रसँग एकता प्रक्रियामा गएका नेताहरूलाई जिम्मेवारीबाट मुक्त गरिएको छ।
२०८० चैत ५ गते
प्रतिक्रिया
सम्बन्धित








