इलाम–२ मा उपनिर्वाचनका लागि २० दल दर्ता, बझाङमा १९

काठमाडौँ । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम–२ मा २० दल दर्ता भएका छन् ।
निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिने दलहरूलाई दर्ता गर्दै निर्वाचन चिह्नको क्रम निर्धारण गरेको छ ।

दर्ताका लागि निर्वाचन आयोगले फागुन २४ गतेदेखि फागुन ३० गतेसम्मका लागि दर्ताको समय दिएको थियो ।

आयोगले सोमबार जारी गरेको विज्ञप्तिमा राजनीतिक दल सम्बन्धी नियमावली बमोजिम निर्वाचन प्रयोजनको लागि दर्ता गरिएको र यसरी दर्ता भएका राजनीतिक दलहरुलाई निर्वाचन चिह्न प्रदान गरी निर्वाचन चिह्नको क्रम निर्धारण समेत गरिएको जानकारी दिइएको छ ।

त्यस्तै बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा हुने उपनिर्वाचनमा लागि १९ वटा दलले आवेदन दर्ता गराएका छन् ।

हेर्नुहोस् निर्वाचन आयोगको विज्ञप्ति :

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =