कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । काठमाडौं जिल्ला अदालतले सुन काण्डमा पक्राउ परेका कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

न्यायाधीश दुर्गा प्रसाद खनालको इजालसले उनलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

महरा सोमबार बिहान रुपन्देहीबाट पक्राउ परेका थिए ।

पक्राउ गरेर काठमाडौं ल्याइएका महरालाई म्याद थपका लागि आज दिउँसो जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएको हो ।

त्यसअघि उनलाई सीआईबी कार्यालय लगिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + ten =