रविलाई कांग्रेसको जवाफ– सहकारी ठग्न कांग्रेसलाई नसिकाउनुहोला

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिक्पालकुमार शाहीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा उनले पीडकलाई कारबाही गरी पीडितलाई न्याय दिन आरोपित गृहमन्त्रीले राजीनामा दिएर सहयोग गर्न आग्रह गरे ।

उनले गृहमन्त्रीलाई दोहोरो नागरिकता, पासपोर्ट लिन र सहकारी ठग्ने विषयमा नपढाउन आग्रह गरे ।

“गृहमन्त्रीज्यूले नेपाली कांग्रेसलाई पढाउन खोज्नुभएको रहेछ । मेरो अनुरोध छ, कांग्रेसलाई पढाउँदा दोहोरो नागरिकता, पासपोर्ट, सहकारी ठग्न र सुन तस्करसँग साँठगाँठ गर्न नसिकाउनुहोला,” उनले भने, “माओवादी पार्टी सुन पार्टी छ रे । अर्थमन्त्री तथा उच्च नेता सुन तस्करीमा जोडिनुभएको खबर छ ।”

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग त्यसको जवाफ माग गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − 2 =