वित्तीय साक्षरतालाई देशको कुना–कुना लैजाने योजना छ : महाप्रसाद अधिकारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ग्लोबल मनि विकको अभियान नेपालको दुर्गम क्षेत्रसम्म पुर्याइने बताएका छन् ।

सोमवार काठमाडौंको ग्लोबल मनी वीकको अवसरमा राष्ट्र बैंकद्वारा आयोजित कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुने । उनले वित्तीय साक्षरता अभियान देशका दुर्गम क्षेत्र समेत पुर्याउन जरुरी रहेको बताए ।

उनले भने  ‘ग्लोबल मनि विकको अभियान हरेक जिल्लामा लैजान्छौँ । दुर्गम जिल्लासम्म पनि यो अभियान लैजान्छौ ।’

गभर्नर अधिकारीले ग्लोबल मनि विकको अभियान सुरुवाती चरणबाटै सक्रिय रहेको बताए । उनले यो अभियानलाई राष्ट्र बैंकले अझ बिस्तार गर्ने प्रतिबद्धता जनाए । गभर्नर अधिकारीले वित्तीय साक्षरतालाई देशको कुना–कुना लैजाने योजना रहेको पनि उल्लेख गरे ।

उनले वित्तीय फ्रेमवर्कमा वित्तीय साक्षरता वित्तीय जागरणका रुपमा विद्यालय तहको पाठ्यक्रम (सेलेवस) मा पनि राख्नको लागि समन्वय भइरहेको जानकारी दिए ।

‘वित्तीय साक्षरता पाठ्यक्रममा राख्ने काम हुने छ । हामीले विद्यालयको पाठ्यक्रममा पनि वित्तीय साक्षरता सम्बन्धी शिक्षा राख्ने कार्ययोजना बनाएका छौं । त्यसको लागि समन्वय भइरहेको छ ।’ उनले भने ।

उनले कुनैपनि प्रोडक्ट बैंक तथा वित्तीय संस्थाहरूले ल्याउँदा वा नीति ल्याउँदा कार्यान्वयनमा जानको लागि वित्तीय चेतना हुन जरुरी रहेको औँल्याए ।

उनले ग्लोबल मनी विकलाई नेपालमा पनि यो अभियानलाई वित्तीय शिक्षाको आधारका रुपमा लिएको उल्लेख गरे । उनले सञ्चारमाध्यमहरूलाई पनि वित्तीय साक्षरता अभियानमा एकीकृत गर्ने व्यवस्था रहेको बताए । उनले पैसाको बचत गर्ने र भविष्यको लागि सुरक्षित राख्ने विषयलाई प्राथमिकता दिएर ग्लोबल मनि विक मनाउने गरिएको बताए ।

उनले भने ‘पैसाको बचत गर्ने र भविष्यको लागि सुरक्षित राख्ने विषयलाई प्राथमिकता दिएर ग्लोबल मनि विक मनाउने गरिन्छ । बचत भन्ने कुरा भविष्यमा कमाएर मात्रै गर्ने भन्नेकुरा होइन । बाल्यकालदेखि बानी बसाउने हो । खाजा खर्चलाई बचाएर बचत गर्ने बानी बसाइयो भने भविष्यलाई सुरक्षित गर्छ ।’

उनले बचत भविष्यमा कमाएर मात्रै गर्ने नभएर बाल्यकालदेखि बानी बसाउन जरुरी रहेको बताए । उनले बालबालिकाले खाजा खर्चलाई बचाएर बचत गर्ने बानी बसाए भविष्य सुरक्षित हुने धारणा राखे ।

उनले भने ‘ नेपालमा पनि यो अभियानलाई वित्तीय शिक्षालाई आधारको रुपमा लिएका छौं । नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरता फ्रेमवर्क जारी गरेको छ । जुन फ्रेमवर्कभित्र सबै बैंक वित्तीय संस्थाहरु उत्तरदायित्वहरू पनि राखिएको छ । सञ्चारमाध्यमहरूलाई पनि वित्तीय साक्षरता अभियानमा एकीकृत गर्ने व्यवस्था छ ।’

आईतवारदेखि ग्लोबल मनी विक २०२४ सुरु भएको छ । ग्लोबल मनी विक ओईसीडि वित्तीय शिक्षाको लागि अन्तर्राष्ट्रिय सञ्जालले मार्च १८ –२४ मार्चसम्म विश्वव्यापी रूपमा रुपमा आयोजना गर्ने साप्ताहिक कार्यक्रम हो ।

सन् २०१२ देखि हरेक वर्ष ग्लोबल मनी विक विश्वभर मनाउने गरिएको छ । यो बालबालिका र किशोर किशोरीहरूमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यले मनाइने एउटा अभियान हो । यस वर्षको ग्लोबल मनी वीकको नारा ‘प्रोटेक्ट युअर मनी, सेक्योर योर फ्युचर’ रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − three =