दीपक मनाङेले छाडे एकीकृत समाजवादी, स्वतन्त्र सांसदको मान्यता दिन माग

गण्डकी प्रदेशका सांसद दीपक मनाङे (राजीव गुरुङ)ले एकीकृत समाजवादी छाडेका छन्। आइतबार प्रदेशसभा सचिवालयमा दल त्याग गरेको र स्वतन्त्र सांसदको मान्यता दिन निवेदन दिएका छन्।

मनाङ निर्वाचन क्षेत्र नम्बर ‘ख’बाट स्वतन्त्र रूपमा जितेका मनाङे निर्वाचितपछि एकीकृत समाजवादीमा प्रवेश गरेका थिए।

केन्द्रमा गठबन्धन फेरिँदा बिनाकारण प्रदेशमा पनि सत्ता समिकरण फेरिने भन्दै अब स्वतन्त्र सांसदका रुपमा आफू बस्ने बताएका छन्।

उनले प्रदेश सरकारलाघ मध्यावधिमा जान रोक्नका लागि पनि दल त्याग गरेको बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − two =