हिमालयन इन्टरप्राईजेजले भन्यो– पुलचोकको जग्गा हाम्रो हो

काठमाडौं । हिमालयन इन्टरप्राईजेज प्रालिले पुल्चोक स्थित जग्गा आफ्नै रहेको दाबी गरेको छ ।

विगतकेही दिनदेखि पुलचोक ललितपुर स्थित कित्ता नं. ४३ को ४–४–१–० रोपानी जग्गामा अनधिकृत रुपमामा दाबी गरिएको भन्दै प्रालिले त्यसको खण्डन गरेको छ ।

सो जग्गा २०३८ साल देखि विभिन्न तहगत न्यायिक निकायवाट कानूनी उपचारको माध्यमवाट हिमालयन इन्टरप्राईजेज प्रा.लि.का नाममा रहेको हिमालयन इन्टरप्राईजेज प्रालिले जनाएको छ ।

प्रालिले भनेको छ–‘विगत केही दिन देखि केही समुहले उक्त जग्गा माथी अनधिकृत रुपमा हक कायम गर्ने प्रयास गरि रहेको र कम्पनीका संचालकहरुको व्यक्तिगत मान, प्रतिष्ठामा आँच आउने गरि बिभिन्न संचार माध्यम, सोसल मिडियाहरुमा भ्रमपूर्ण समाचारहरु सम्प्रेषण गरिएको प्रति यस कम्पनीको गम्भीर ध्यानाकर्षण भएकोछ ।’

पुल्चोक स्थित सो जग्गा २०५१ सालमै कम्पनीले खरिद गरेको बताइएको छ । सर्वोच्च अदालतले समेत उक्त जग्गा हिमालयन इन्टरप्राईजेज प्रालिको हो भनि परमादेश जारी भइसकेको विज्ञप्तीमा जनाइएको छ ।

वडा नम्बर ३ को कार्यालयवाट गरिएको सर्जमिन मुचुल्कामा ‘मिखावहाल गुठी, छायवहाल ञवा खल’ लगायतका सम्पुर्ण गुठि तथा सम्वन्धीत पक्षहरुले कम्पनीको जग्गा भनी सर्जमिन गरे पश्चात उक्त जग्गा कम्पनीको नाममा दर्ताका लागि सिफारिस भए अनुरुप हिमालयन इन्टरप्राईजेजको नाममा छुट जग्गा दर्ता गर्ने निर्णय भई जग्गाधनी प्रमाण पुर्जा समेत जारी भई आएको कम्पनीले जनाएको छ ।

कम्पनीले कानून वमोजिम प्राप्त गरेको जग्गालाई विना आधार प्रमाण अनर्गल भ्रम फैलाई सामुहिक रुपमा जग्गा माथी अनधिकृत रुपमा हक कायम गर्ने प्रयास गरेको भन्दै यस्तो कार्य नगर्न नगराउन आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =