मानव अधिकारको संरक्षण गर्न आयोग सक्रिय छ : अध्यक्ष मगर (भिडिओ)

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकारको संरक्षण, संवद्र्धन र प्रवद्धर्न गर्न आयोग सचेततापूर्वक लागिरहेको बताएका छन् ।
अध्यक्ष मगरले मानव अधिकारको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्न आयोग सचेत र सक्रिय रहेको बताएका हुन् ।
उनले मानव अधिकार उल्लंघन हुन नदिन सबै सहकार्य गरेर अगाडी बढ्नुपर्ने बताए । उनले सबैको मानव अधिकार संरक्षण र सुरक्षित हुनुपर्ने बताए ।
उनले मानव अधिकार उल्लंघनको सम्बन्धमा आयोगले सरकारलाई गरेका सिफारिसहरुमध्ये करिव १५ प्रतिशत पूर्ण कार्यान्वयन भएको र ३९ प्रतिशत आंशिक रुपमा कार्यान्वयन भएको बताए ।
बाँकी सिफारिसहरु कार्यान्वयनको अवस्थामा रहेको भन्दै त्यसनिम्ति सरकारलाई झक्झकाइरहेको उनले बताए ।
अध्यक्ष मगरले आयोगले मानव अधिकारको संरक्षण र संवद्र्धन गर्न नागरिक समाज, मिडियाहरुलाई आयोगसँग सहकार्य गर्न आग्रह पनि गरे ।
उनले मिडियामा आएका मानव अधिकार उल्लंघनका घटनाहरुलाई पनि आयोगले ग्रहण गरेर अनुसन्धान गर्ने गरेको बताए ।
उनले आयोगले आफ्नो सातै प्रदेशको कार्यालयहरुमार्फत मानव अधिकारको अवस्थाको सम्बन्धमा निरन्तर अध्ययन अनुसन्धान गरिरहेको बताए ।








