सुमना श्रेष्ठको चेतावनी– मेरो नाम लिएर भर्ना वा छात्रवृत्तिमा बार्गेनिङ् गरे कारबाही हुन्छ

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री सुमना श्रेष्ठले शिक्षा मन्त्रालयमा वा मातहतका निकायहरूमा अनुचित बढुवा वा नियुक्तिका लागि पावर लगाउन खोज्नेलाई कारबाही हुने बताएकी छिन् ।

सामाजिक संजाल फेसबुकमा उनको सचिवालयले एक स्टाटस राख्दै कुनै पनि तहबाट नियुक्ति, बढुवा, सरुवा गर्न खोजेमा त्यसको मूल्याङ्कनमा ०.५ नम्बर घटाइने र त्यस्तो कार्यमा संलग्न रहेको पाएमा उजुरी गर्न समेत अनुरोध गरेको छ ।

‘शिक्षा मन्त्रालयमा वा मातहतका निकायहरूमा मेरो नाम लिएर वा पार्टीको मार्फत, कर्मचारीको मार्फत वा कुनै पनि साइनो लाएर कुनै पनि किसिमको अनुचित नियुक्ति वा अनावश्यक सरुवा बढुवाको लागि ‘सोर्स फोर्स’ लाउन कसैले खोज्छ भने उसको मूल्याङ्कनमा ०.५ नम्बर घटाइनेछ ।’, स्टाटसमा लेखिएको छ,‘‘सोर्स फोर्स’ वा बार्गेनिङको गन्ध मात्र पनि थाहा पाउनुभयो भने उजुरी गर्नुहोला । हामीले अनुसन्धान गरेर तत्काल कारबाही गर्नेछौँ ।’

त्यस्तै उनले काहीँ भर्ना गर्न वा छात्रवृत्तिका लागि मन्त्रालय मातहतका कर्मचारीको नाम लिएर बार्गेनिङ गर्न आएमा प्रमाणसहित उजुरी गर्न समेत अुनरोध गरेकी छिन् । यदि त्यस्तो कार्यमा संलग्न जोकोही भएमा त्यस्ता पात्रलाई निर्ममतापूर्वक कारबाही गरिने उनले बताएकी छिन् ।

‘कहिँकतै पनि भर्ना गर्न वा छात्रवृत्ति पाउन मेरो वा हाम्रा कर्मचारी साथीहरूको नाम लिएर कोही बार्गेनिङ गर्न आयो भने प्रमाण सहित सिधै मलाई खबर गर्नुहोला । निर्ममतापूर्वक कारबाही हुनेछ । हामीलाई परिणाम चाहिएको छ । प्रचारको पछि हामी लाग्दैनौँ, दुशप्रचारको पछि तपाईँहरू पनि नलागिदिनुहोला ।’, फेसबुकमा लेखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 12 =