जोखिमलाई ख्याल गरेर मात्रै लगानी गर्न गभर्नरको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जलवायु परिवर्तनका जोखिमलाई ख्याल गरेर मात्रै लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएका छन् ।

राष्ट्रिय वाणिज्य बैंकद्वारा शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले बैंक तथा वित्तीय संस्थाहरुलाई सो कुरामा सचेत गराएका हुन् ।

गभर्नर अधिकारीले त्यत्रो लगानी गरेर बनाएको मेलम्ची खानेपानी आयोजना बाढीले सखाप पारेको दृश्टान्त पेश गर्दै जलवायु परिवर्तनको जोखिमको ख्याल नगरी त्यसमा लगानी गरेको भए कस्तो अवस्था हुन्थ्यो भने मनन गर्न पनि बैंक तथा वित्तीय संस्थाहरुलाई सचेत गराए ।

उनले जलवायु परिवर्तनको असरलाई ख्याल गरेर लगानी गर्ने कुरामा नेपाल राष्ट्र बैंक र नेपाल सरकार प्रतिवद्ध रहेको पनि उल्लेख गरे ।

उनले बैंक तथा वित्तिय संस्थाले जलवायु परिवर्तनले ल्याउने जोखिमलाई ध्यानमा राखेर लगानी गरे मुलुकको आर्थिक विकास सवल ढंगले अघि बढाउन सकिने पनि बताए ।

गर्भनर अधिकारीले जोखिमको क्षेत्रमा लगानी नगर्न बैंक तथा वित्तीय संस्थाहरुलाई नेपाल राष्ट्र बैंकले निर्देशन दिने काम गरिरहेको पनि स्मरण गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + two =