सुडानमा ५० लाख मानिस भोकमरीको चपेटामा

काठमाडौं । संयुक्त राष्ट्रसङ्घले सुडानको द्वन्द्वरत समूहलाई ‘विनाशकारी’ भोकमरीबाट बचाउन मानवीय राहत वितरण गर्न अनुमति दिन शुक्रबार आग्रह गरेको छ ।

एएफपीले शुक्रबार प्राप्त गरेको संयुक्त राष्ट्रसङ्घको दस्तावेजअनुसार सुडानका प्रतिद्वन्द्वी जनरलबीचको करिब एक वर्ष लामो युद्धले देशलाई टुक्रयाउने क्रम जारी रहँदा आगामी महिनाहरूमा करिब ५० लाख सुडानीले खाद्य असुरक्षाको सामना गर्नुपर्ने हुनसक्छ ।

सेना प्रमुख अब्देल फताह अल बुरहान र उहाँका पूर्व सहयोगी मोहमद हमदान डग्लोबीच गत वर्षको अप्रिलदेखि जारी युद्धले दशौँ हजारको ज्यान लिइसकेको छ भने पूर्वाधार ध्वस्त पारेको छ । युद्धका कारण यहाँको अर्थतन्त्र धराशायी बनेको छ ।

यसले गम्भीर मानवीय सङ्कट र तीव्र खाद्यान्न अभाव पनि निम्त्याएको छ र देश अनिकालको सङ्घारमा पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *