सिंगो पार्टी नै माओवादी केन्द्रसँग एकता गर्न लागेको हो : गंगानारायण श्रेष्ठ

काठमाडौं । नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठले सिंगो नेपाल समाजवादी पार्टी नेकपा(माओवादी केन्द्र)सँग एकता गर्न लागेको बताएका छन् ।

उनले कुनै एक पक्षमात्रै एकता गर्न लागेको भन्नेकुरा सत्य नभएको बताए । उनले नेसपाले गत मंसिर ६ गते नै केन्द्रिय समिति बैठकबाट पार्टी एकता गर्नका लागि संयोजन समिति बनाएको भन्दै सोही समितिको बैठक बसेर एकता गर्ने निर्णय गरिएको बताए ।

उनले दुई पार्टीका बीचमा एकता गर्ने भनेर चुनाव अगाडी नै सहमती भएको र पार्टी एकताको शर्तसहित आफूहरुले माओवादी केन्द्रको चुनाव चिन्हमा चुनाव लडेको बताए ।

उनले आफूहरु पार्टी एकता गर्ने डेढ वर्ष अगाडीको सहमती अनुरुप अगाडी बढेको र चाँडोभन्दा चाँडो पार्टी एकता हुने बताए ।

सहअध्यक्ष श्रेष्ठले आफूहरुले नेकपा(माओवादी केन्द्र)को चुनाव चिन्ह लिएर चुनाव लडेकाले कानुनी रुपमा आफुहरु माओवादी केन्द्रको सांसद भएको बताए ।

आफूहरुले कुनै सत्ता स्वार्थको लागि पार्टी एकता गर्न नलागेको भन्दै उहाँले विगतको पार्टी एकता गर्ने निर्णयमा इमान्दार र प्रतिवद्ध भएर लागेको बताए ।

उहाँले पार्टी अध्यक्ष महिन्द्र राय यादवको मन्त्री पद नरहेको र आफू हालसम्म वागमती प्रदेश सरकारको मन्त्री भएपनि त्यो विगतमै भएको बताए ।

सत्ताको लागि एकता गर्न लागिएको भन्नेहरु पार्टी एकताको बिरोधी भएका उनको भनाई छ ।

सहअध्यक्ष श्रेष्ठले नेकपा(माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी सँगसँगै अन्य पार्टीहरुलाई पनि एकता गर्दै लैजाने तयारी भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =