कांग्रेसलाई ९ मिनेट १८ सकेण्ड पढाउने इच्छा छ : रवि लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले काँग्रेसले आफूमाथि लगाएको आरोपको जवाफ दिने मौकाको पर्खाईमा रहेको बताएका छन् ।
कांग्रेसले शुक्रवार सहकारी ठगीमा मुछिएको आरोप लगाएपछि उनले सञ्चारकर्मीमाझ आफूमाथि उठाएका सबै आरोपको जवाफ मौका पाउनसाथ सदनमा दिने बताए ।
संसद भवन परिसरमा सञ्चारकर्मीमाझ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेले सदनमा मौका पाउने बित्तिकै आफूमाथि उठेको प्रश्नसहित काँग्रेसलाई ९ मिनेट १८ सकेण्ड पढाउने इच्छा रहेको बताए ।
‘मलाई विश्वास छ काँग्रेस जस्तो लोकतान्त्रिक दलले सदनमा विधेयकनै प्रस्तुत गर्न नदिने भनेजस्तो कुरालाई निरन्तरता दिनै छैन’ उनले भने ‘कसले गराएको हो, कहा छ, के छ ? त्यति कुरा चाँही एक पटक सदनमा मौका पाएभने नेपाली काँग्रेसलाई पढाउने इच्छा छ नौ मिटे १८ सेकेण्डमा ।’
उपप्रधानमन्त्री लामिछानेले आफूले सुशासनको पक्षमा काम गर्दै जाने र त्यसो गर्दा जसले राजीनामा मागे पनि नेपाली जनताले दिएको म्याण्डेटको शक्तिमा काम गरिरहने बताए ।
उनले सुन तस्करीमा संलग्न जो कोहीलाई कारबाही हुने र त्यसको प्रक्रिया आजैबाट शुरु गरिएको पनि बताए ।
उपप्रधानमन्त्री लामिछानेले सुन तस्करीमा संलग्नहरुले कसैले पनि उन्मुक्ति नपाउने पनि बताए ।








