पशुपति जंगलमा मृत भेटिएकी किशोरीको साथमा ‘सुसाइड नोट’

काठमाडौँ । काठमाडौँको पशुपति क्षेत्रस्थित जंगलमा मृत फेला परेकी १९ वर्षीया सुस्मिता थापाको साथमा ‘सुसाइड नोट’ भेटिएको छ । सुस्मिताको साथमा सुसाइड नोट फेला परेको र त्यस विषयमा अनुसन्धान भइरहेको हो ।

घटनास्थलमा भेटिएको सुसाइड नोटमा के लेखिएको छ भन्ने कुरा अहिले खुलाउन नमिल्ने गौशालास्थित महानगरीय प्रहरी वृत्तका डीएसपी केशव थेवेले जानकारी दिए । ‘सुसाइड नोट उनैले लेखेको हो होइन भन्ने विषयमा पनि अनुसन्धान भइरहेको छ,’ उनले भने ।

शुक्रबार पशुपति क्षेत्रको गोरखनाथ मन्दिर नजिकै जंगलमा रुखमा झुण्डिएको अवस्थामा सिन्धुलीको कमलामाई नगरपालिका–१ घर भई हाल कपनमा बस्ने सुस्मिता मृत भेटिएकी हुन् ।डीएसपी थेवेका अनुसार सुस्मिता कपनमै रहेको रिलायन्स कलेजमा प्लस टु पढ्थिन् । कोठाबाट कलेज जान्छु भनेर हिँडेकी सुस्मिता दुई दिनपछि जंगलमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

शुक्रबार बिहान मर्निङवाकमा गएका मानिसले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिलेसम्मको अनुसन्धानबाट उनले आत्महत्या नै गरेको जस्तो देखिने जानकारी दिंदै डीएसपी थेवेले थप अनुसन्धान जारी रहेको बताए । सुस्मिताको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =